काठमाडौँ– विश्व क्रिकेट लिग च्याम्पियनसिपको सातौं तथा अन्तिम चरणको खेलमा नेपाल यूएईसंग सात विकेटले पराजित भएको छ ।


ADVERTISEMENT


युएईको अवुधावी स्थित शेख जायेद रंगशालामामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले पूरै ओभर खेलेर ६ विकेट गुमाउँदै २२१ रन बनायो । नेपालका लागि ज्ञानेन्द्र मल्ल र शरद भेष्वाकरले अर्धशतक पूरा गरे ।


ADVERTISEMENT

# # #


नेपालका लागि पहिलो विकेटका रुपमा दिलिप नाथ १६ रन बनाएर आउट भएका थिए । ३९ बल खेलेका उनले एक चौका प्रहार गरे । उनले ज्ञानेन्द्र मल्लसंग मिलेर ८९ बलमा ४३ रनको साझेदारी गरे ।

यसैगरी ज्ञानेन्द्र मल्लले ५४ रन बनाए । उनले ६ चौका प्रहार गरेर शरद भेषवाकरसंग ५७ बलमा ४१ रनको साझेदारी गरे । यस्तै कप्तान पारस खड्काले २० बनाउँदा आरिफ सेख शुन्य रनमा आउट भए । उस्तै विनोद भण्डारी ६ रनमा आउट भए भने राम्रो खेलेका सोमपाल कामीले १९ बलमा २० रनको योगदान दिए ।

शरद भेषवाकरले अर्धशतक पूरा गरी ८१ रनमा नटआउट रहे । उनले ९५ बलमा ५ चौकाको सहयोगमा ८१ रन बनाए । यसैगरी वसन्त रेग्मी १५ बलमा १४ रनमा नटआउट रहे ।

यूएईका लागि जाहूर खानले २ विकेट लिए । यस्तै रोहन मूस्ताफा, मोहम्मद नाभिद र अहमेद राजाले समान ११ विकेट लिए । २ सय २२ रनको लक्ष्य पच्छ्याएर जवाफी ब्याटिङ थालेको यूएईले ४५.५ ओभरमा तीन विकेट गुमाएर २ सय २५ रन बनायो । उसका लागि घुलाम सब्बीरले अविजित ८१ रन बनाए ।

१ सय १६ बलको सामना गरेका उनले ८ चौका प्रहार गरे । यस्तै यूएईका कप्तान रोहन मुस्ताफाले ६२ रन बनाए । उनले ७१ बल खेलेर ७ चौका र एक छक्का प्रहार गरे । यस्तै असफक अमितले १९ रन बनाउँदा मोहम्मद उस्मान १७ रनमा नटआउट रहे । यूएईसामू नेपालको बलिङ फितलो सावित भयो । नेपालका लागि सरद भेषवाकर र सन्दीप लामिछानेले समान ११ विकेट लिए ।

युएई ८ अंकका साथ ८ राष्ट्र सम्मिलित च्याम्पियनसिपको अंक तालिकामा नेपालपछि सातौँ स्थानमा छ । पहिलो चार खेल हारी च्याम्पियनसिपको सुरुआत गरेको नेपाल त्यसयता नामिबिया, नेदरल्यान्ड्स, केन्यासँग विजय हात पारेपछि नेपालको शीर्ष चारमा पुग्ने आशा पलाएको थियो । तर हङकङसँगको पछिल्लो हारले नेपाल शीर्ष चारको दौडबाट बाहिरिएको थियो ।

नेपाल ९ अंकका साथ छैटौँ स्थानमा छ । युएईसँग दुबै खेल जितेमा नेपाल पाँचौं स्थानमा उक्लन सक्थ्यो तर त्यो हुन सकेन । नेपालले अब अर्को खेल शुक्रबार हुनेछ । शीर्ष चारमा नपरेकाले नेपाल र युएई यसअघि नै डिभिजन २ मा झरिसकेका छन् । डिभिजन २ फेब्रुअरीमा नामिबियामा हुने तालिका रहेको छ ।