काठमाडौं – छिमेक लघुवित्तले अन्तर्राष्ट्रियस्तरको स्मार्ट क्याम्पियन सर्टिफिकेट प्राप्त गरेको छ । अमेरिकाको वासिंटन डीसीमा अवस्थित स्मार्ट क्याम्पियनले निर्धारण गरेका ग्राहक संरक्षण सम्बन्धी  ७ सिद्धान्त र १९२ मानकहरुलाई  पूर्ण रुपमा पालना गरेको कारण छिमेक लघुवित्तलाई स्मार्ट क्याम्पियन सर्टिफिकेट दिइएको हो ।


ADVERTISEMENT


 स्मार्ट क्याम्पियन सर्टिफिकेट  अन्तराष्ट्रिय स्तरको मापदण्ड पूरा गरेका विश्वका उत्कृष्ट वित्तीय संस्थाहरुलाई दिने गरिन्छ ।


ADVERTISEMENT

# # #


स्मार्ट क्याम्पियन सर्टिफिकेट प्रमाणपत्र प्राप्त गर्न  ग्राहकको आवश्यकता अनुसारको सेवा सुविधा, ग्राहकलाई अधिक ऋणग्रस्त हुनबाट जोगाउने, संस्थाको प्रत्येक क्रियाकलापमा पारदर्शिता, सेवाको मुल्य निर्धारण गर्दा जिम्मेवार बन्ने, ग्राहकप्रति मर्यादित सम्मानजनक व्यवहार गर्ने, ग्राहकको तथ्याङ्क तथा सुचनाहरु गोप्य राख्ने र ग्राहकको गुनासो सुनुवाई संयन्त्र चुस्त र दुरुस्त बनाउने जस्ता सात सिद्धान्त अवलम्बन गर्नुपर्ने हुन्छ ।

सात सिद्धान्त अवलम्बन गरेको कारण  प्रमाण पत्र पाएको  वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशीले बताए ।अन्तराष्ट्रिय स्तरको प्रतिष्ठित सर्टिफिकेसन पाएसँगै   लघुवित्तले थप उर्जा पाप्त गरेको  शर्माले बताए । उनले थपे ‘आगामी दिनमा अझ ग्राहक र सदस्यप्रतिको जिम्मेवारीलाई सर्वोपरि ठान्ने हौसला मिलेको महसुस भएको छ ।’

शर्माले  प्रमाणपत्र प्रक्रियामा  सहयोग गर्दै आइरहेका  UKAID, Sakchyam Access to Finance, Good Return, M-CRIL, संचालकहरु, पूर्व प्रमुख कार्यकारी अधिकृत रामचन्द्र जोशी,  वित्तीय संस्थाका Consultant नविन सुवेदी, वित्तीय संस्थाका सम्पूर्ण कर्मचारी परिवार र ग्राहकप्रति धन्यवाद दिए ।

विसं २०५८ सालमा नेपाल राष्ट्र बैंकबाट छिमेक विकास बैंक लिमिटेडको रुपमा स्थापना भएको लघुवित्तको हाल  ६७ जिल्लामा १७३ शाखाहरु छन् । आफ्ना शाखाहरुमार्फत वित्तीय कारोबार गर्दै आइरहेको राष्ट्रिय स्तरको  संस्थाले हालसम्म विकट गाउँ, पिछडिएका विपन्न वर्गका ३ लाख ८३ हजार भन्दा बढी परिवारहरुलाई आयमुलक क्षमता अभिवृद्धि कार्यक्रम गर्नुका साथै वित्तीय साक्षरता तथा वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ ।