काठमाडौं–दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा बुधबार राती १२ बजेपछि बिहिबार बेलुका ७ बजेसम्म अति आवाश्यक बाहेकका सवारी साधन नचल्ने भएका छन् ।


ADVERTISEMENT


निर्वाचनको शान्ति सुरक्षालाई ध्यानमा राख्दै मतदान हुने दिन सुरक्षा निकायका सवारी साधन, निार्वचन प्रयोजनका लागि पास लिएका सवारी र अत्यावाश्यक -एम्वुलेन्स, दमकल, दुघ बोक्ने, खानेपानी, दुरसञ्चार सेवा, शवबहान, अस्पताल र विद्युत सेवा) बाहेकका कुनैपनि प्रकारका सवारी साधन सडमा गुडन निषेध गरिएको गृहमन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


दोस्रो चरणमा मंसिर २१ गते निर्वाचन सम्पन्न हुने ४५ जिल्ला

प्रदेश नं १ का इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी छन् । त्यसैगरी
प्रदेश नं २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट छन् भने
प्रदेश नं ३ मा सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुर रहेका छन् ।
प्रदेश नं ४ मा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) तनहुँ, कास्की, स्याङ्जा र पर्वत छन् भने
प्रदेश नं ५ मा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रूपन्देही, कपिलवस्तु, दाङ, प्यूठान बाँके र बर्दिया रहेका छन् । त्यसैगरी
प्रदेश नं ६ मा सल्यान, सुर्खेत र दैलेख । प्रदेश नं. ७ मा कैलाली, कन्चनपुर, डडेल्धुरा, अछाम र डोटी रहेका छन् ।