काठमाडौँ – नेता वामदेव गौतमले नयाँ दल घोषणा गरेका छन् । मंगलबार रिपोटर्स नेपालमा पत्रकार सम्मेलन गर्दै नेता गौतमले नयाँ दल ‘नेकपा एकता राष्ट्रिय अभियान’ घोषणा गरेका हुन् ।


ADVERTISEMENT


विघटन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई पुनः पुनर्गठन गर्ने र आसन्न प्रदेश र प्रतिनिसधसभा निर्वाचन अगाडि नै नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई कार्यगत एकतामा आउन वातावरण सिर्जना गर्ने मुख्य उद्देश्य रहेको नेता गौतमले बताए ।


ADVERTISEMENT

# # #


उनले भने, ‘जुन शक्ति हामीसँग छ, त्यसले अरु शक्तिलाई तान्छ । हामीसित हिजो चुम्बक थिएन, अब हामीले त्यो सिर्जना गरेका छौँ । यो चुम्बकले नै हामीलाई शक्ति आर्जन हुन्छ र वार्तामा जान्छौँ र हामीले अघि सारेका योजना पूरा हुन्छन् भन्ने विश्वजास व्यक्त गरेका छौँ ।’

यस्तै एमाले माओवादी र एकीकृत समाजवादीसहित राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीसहितको वृहत वामपन्थी चुनावी मोर्चा बनाउने काममा लाग्ने नेता गौतमले जनाए । उद्देश्य अनुसार पार्टी एकता गर्न नसके अहिलेको अधियानलाई एउटा छुट्टै कम्युनिस्ट पार्टीको रुपमा अघि बढाउने नेता गौतमको तयारी रहेको छ ।