काठमाडौँ – नेपालमा बसोबास गरिरहेका विभिन्न देशका शरणार्थीहरुले आर्थिक, सामाजिक, सांस्कृतिक लगायतका अधिकारको सुनिश्चितताको माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन् ।


ADVERTISEMENT


मंगलबार काठमाडौंस्थित संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी नियोग (युएनएचसीआर) को कार्यालय अगाडि उनीहरुले बिभिन्न ११ बुँदे मागसहित विरोध प्रदर्शन गरेका छन् । उनहरुको मागको पहिलो बुँदामा मानव अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघको विश्वव्यापी घोषणापत्र सन् १९८४ ले उल्लेख गरेका अधिकार सुनिश्चित गर्नुपर्ने रहेको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सत प्रतिशत सहयोग गर्नुपर्ने र शरणार्थी बालबालिकाको अन्य अधिकार पनि सुनिश्चित गर्नुपर्ने उनीहरुको माग छ । उनीहरुले आफूहरुमाथिको भेदभाव अन्य गर्नुपर्ने माग समेत राखेका छन् । त्यस्तै घर फर्कन चाहनेलाई उचित वातावरण बनाइदिन पनि उनीहरुले माग गरेका छन् ।