कामना सेवा विकास बैंक लिमिटेडले सोमबारबाट कपिलवस्तु को बुद्धभूमि नगरपालिका वडा नं १ स्थित पथरकोटमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT


बुद्धभूमि नगरपालिका वडा नं १ पथरकोट स्थित इन्द्र जनरल स्टोर्स् (प्रो इन्द्र मणि बेलबासे) लाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।


ADVERTISEMENT

# # #


वडा नं १ का वडा अध्यक्ष तिलक बहादुर बस्नेतले उक्त शाखा रहित बैंकिङ्ग सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका हुन् ।