काठमाडौं – लेभ्लिंग ब्राण्डको इलेक्ट्रिकको नयाँ शोरुम सुर्खेतमा उद्घाटन हुने भएको छ । नेपाली व्यवसायिक घरानामा ३० बर्ष देखि बजरमा परिचित बज्र ग्रुप हो । बज्र ग्रुपले धेरै विश्व प्रसिद्ध ब्राण्ड बिक्री वितरण गर्दै आइरहेको छ बज्र ग्रुप अन्तर्गत इ भी मोटर्स नेपाल ले नेपाली बजारमा लेभ्लिंग स्कूटर लामो समय देखी बिक्रि बितरण गर्दै आइरहेको छ ।


ADVERTISEMENT


लेभ्लिंग स्कूटरको सुर्खेतको लागि आधिकारिक बिक्रेता श्री गणेश इन्टरनेसनल अटोमोबाइल घोषणा भएको छ । लामो समयदेखि बिश्व प्रसिद्ध ब्राण्ड बोसको मोटर टेक्नोलोजी बाट निर्मितलेभ्लिंग ब्राण्डका स्कूटर को नेपाली बजारमा बिक्री बितरण गरेको कुरा सबैलाई जानकारी नै छ ।


ADVERTISEMENT

# # #


यस सुर्खेत को ६ जुम्ला रोडमा रहेको आफ्नो लेभलिंग शोरुमबाट २०७९ असार १४ गते २:३० बजे पत्रकार सम्मलेन सहित नयाँ शोरुम उदघाटन हुने भएको छ ।

उद्घाटनमा मिस इन्टरनेसनल २०१७ को बिजयी नीति साह र सुर्खेत बिरेन्द्र नगर नगरपालिका को मेयर मोहन माया ढकालको हातबाट संयुक्त रुपमा शोरुम र प्रोडकटको लन्च हुने कुरा श्री गणेश इनटरनेशनल अटोमोबाइल सुर्खेत का सस्थापक प्रेम कुमार बिसीले जानकारी गराए । साथै शोरुम उद्घाटन हुने दिन सुर्खेतलाई इलेक्ट्रिक भेहिकल सहर भनेर घोषणा गरिनेछ ।