काठमाडाैँ – लोकप्रिय टू–ह्वीलर्स कम्पनी आफ्नो ग्राहकको लागि अपाचे अनर्सिप ग्रुप (एओजी)को दोस्रो संस्करण एओजी राइड सम्पन्न गरेको छ । कम्पनीले पोखराका ३० जना अपाचे ग्राहकहरुलाई पोखराबाट धाम्पुस हुँदै सुइखेत रेसोर्टसम्म राइड गराएकाे हो ।


ADVERTISEMENT


असार ११ गते शनिवार आयोजित उक्त राइड फराइडमा विभिन्न पेसाका सहभागीहरूले भाग लिएका थिए । अनुभवी मासर्लहरुको निगरानीमा भएको राईडमा राइडरहरूलाई राेड सेफ्टी जस्ता विभिन्न प्रशिक्षण दिएको थियो । सहभागी हुने सबै राइडरहरुलाई टीभीएसले निःशुल्क राइडिङ गियर्स उपलब्ध गरेको थियो । यसमा राइडरहरुका लागि विभिन्न रोमान्चक खेलको आयोजना गिरएकाे र विजेताहरुलाई पुरस्कार तथा भएको साथै सबै टीभीएसले सहभागीहरुलाई उपहार र प्रमाण पत्र वितरण पनि वितरण गरिएकाे टीभीएसले जनाएकाे छ ।


ADVERTISEMENT

# # #


एओजीबारे जगदम्बा मोटर्सका मार्केटिङ प्रबन्ध निर्देशक विक्रम शर्मा पौडेलले  एओजी राईड निकै रमाइलो भएको र आफ्ना ग्राहकलाई भटेर उनीहरुका टीभीएससँगको अनुभव बुझ्न पाएको बताए ।

उनले चाँडै नै एओजीबाट फेरि अर्को यात्रा सञ्चालन गर्ने जानकारी दिए । उनले भने, ‘यस एओजी राईड गर्ने हाम्रो मुख्य उद्देश्य नेपालमा अपाचे राईडरहरुको समूहलाई बलियो बनाउँदै हाम्रो ग्राहकहरुलाई अझैँ नजिक राख्ने प्रयास हो ।’

सुइखेत रेसोर्ट पुगेका सहभाग रुपेश बसनेतले धाम्पुससम्मको राइड निकै नै रोमान्चक भएको प्रतिक्रिया दिए । उनले आफूजस्तै अपाचेप्रेमी भेट्न पाउँदा र राइडमा सहभागी हुँदा बेग्लै खुसी प्राप्त भएको जनाए । उनले भने, ‘राइड मा साथीहरू पनि बनाए र रोमाञ्चक यात्रामा रमाउने मौका पनि पाएँ । आशा छ अब आउने दिनमा पनि यस्तो कार्यक्रम भई राख्ने छन् ।’

गण्डकीकाे एओजी राइडमा सहभागिताको लागि आवेदन दिएका ३ सयभन्दा धेरै जनामध्येबाट ३० जनालाई छनोट गरिएको थियो । बाँकी राइडरहरूलाई टीभीएसले गण्डकीमा भविष्यमा हुने अरू संस्करणहरूमा उपस्थित गराउने जनाएको छ।

टीभीएसले बागमती प्रदेश पछि गण्डकी प्रदेशमा एओजी राइड गरेको हो । भविष्यमा नारायणी, कोशी, लुम्बिनी, महाकालीजस्ता नेपालको विभिन्न ठाउँहरूमा पनि एओजी राईड सञ्चालन गर्ने कम्पनीले जनाएकाे छ । एओजीमा सहभागी भई विभिन्न राइडमा जाने मात्र नभई अन्तर्राष्ट्रिय कार्यक्रमहरूको पनि भाग हुने मौका पाइने कमपनीकाे भनाई छ ।

जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टीभीएस टू–ह्वीलर्सको लागि एक मात्र आधिकारिक वितरक हो । नेपालभर १३७ भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड जमाएको छ ।