काठमाडौँ – गायक विपीन घिमिरेको आवाज रहेको ‘ओठमा तिम्रो’ गीतलाई सामाजिक सञ्जाल प्रयोगकर्तामाझ लोकप्रिय बन्दै गइरहेको छ । आफ्ना हरेक सिर्जनामा मौलिक पन दिने लोकप्रिय गायक तथा सर्जक बिपिन घिमिरेको नयाँ गीत केही दिन अघि मात्र सदीक्षा फिल्मस्को युट्युब च्यानलमामा सार्वजनिक भएको थियो ।


ADVERTISEMENT


यस अगाडि पनि दर्शकले निकै मन पराएको जोडी राज टाईगर र रोशनी कार्कीलाई यो गीतमा देख्न सकिन्छ । घिमिरेलाई आवाजमा उनै चर्चित गायिका सिला बिष्टले साथ दिएकी छन् । घिमिरेको हरेक गीतमा मौलिक पन पाइन्छ । यो गीतमा पनि दर्शक स्रोताले त्यो विशेषता पाउने छन ।


ADVERTISEMENT

# # #


बसन्त शर्माको शब्द सिर्जना रहेको गीतमा घिमिरे आफैले लय सिर्जना गरेका छन । मनोज सुवेदीको निर्देशन रहेको सो गीतको म्युजिक भिडियोमा राज टाईगर, रोशनी कार्कीको को अभिनय रहेको छ ।