काठमाडौं –उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) शुक्रबार थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल पुगेका छन् । दाहिने साइडको पाता दुख्ने समस्या भएपछि उहाँ नर्भिक इन्टरनेशनल अस्पताल पुगेका हुन् ।


ADVERTISEMENT


अस्पताल आएर उनले नियमित स्वास्थ्य जाँच गरेका थिए । सो क्रममा उपराष्ट्रपति करिब दुई घण्टा अस्पतालमा रहेका थिए । उनलाई डा. लक्ष्मण रिजाल र डा. शिवजी सिलवालले स्वास्थ्य परीक्षण गरेका थिए ।


ADVERTISEMENT

# # #


अस्पतालमा उपराष्ट्रपतिको दाहिने पाताको एक्सरे, विभिन्न खालका रगत परीक्षण, मुटुका लागि इको तथा टिएमटी लगायतका परीक्षण गरिएको थियो । सो क्रममा उहाँको स्वास्थ्यमा खासै समस्या नदेखिएको चिकित्सहरुले बताएका छन् ।