काठमाडौँ– प्रर्व सञ्चारकर्मी रवी लामिछाने नेतृत्वको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को पहिलो पत्रकार सम्मेलन तय भएको छ । पार्टीेले शुक्रवार दिउँसो ४ बजे भृकुटी मण्डपस्थित रिपोर्टस् क्लव नेपालमा आफ्नो पहिलो पत्रकार सम्मेलन गर्ने जनाएको छ ।


ADVERTISEMENT


आगामी संघीय चुनावमा उम्मेदवारमा उठ्न लागेको लामिछानेले गत मंगलबार मात्रै आफ्नो नव पार्टीको घोषणा गरेका थिए । घोषणा लगत्तै उनी दल दर्ताका लागि सोहि दिन निर्वाचन आयोग समेत पुगेका थिए ।


ADVERTISEMENT

# # #


यद्यपि उनको पार्टीको नामाकरणले वास्ताविक स्वतन्त्र उम्मेदवारमाथि भ्रम सृजना गरेको भन्दै उनको पार्टीविरुद्व आयोगमा दुई वटा मुद्दा समेत दर्ता भएको छ ।