काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) क्रिकेट विश्वकप लिग–२ को अमेरिका सिरिजमा घरेलू टोली अमेरिकाविरुद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ ।


ADVERTISEMENT


अमेरिकाको पियरल्याण्ड टेक्सासस्थित मुसा क्रिकेट मैदानमा क्रिकेट मैदानमा टस जितेर नेपालले पहिले बलिङ गर्ने निर्णय भएको हो । खेल नेपाली समयअनुसार राती ९ः१५ बजे सुरु हुँदैछ ।


ADVERTISEMENT

# # #


विश्वकप लिग दुईमा नेपालले यसअघि खेलको १३ खेलमा १२ अङ्क जोडेको छ । नेपालले ६ खेलमा जित तथा ७ खेलमा हार बेहोर्दै १२ अङ्क जोडेको हो । नेपाल अङ्क तालिकाको छैटौँ स्थानमा छ ।

७ राष्ट्रसम्मिलित विश्वकप लिग २ मा नेपालको १६ औँ खेल हो । लिग २ मा प्रत्येक टोलीले ३६ वटा एकदिवसीय खेल खेल्ने तालिका रहेको छ । जस अनुसार नेपालले १५ खेल खेल्दा ७ जित र ७ हार तथा १ खेल बराबरी खेल्दै १५ अंकका साथ पाँचौँस्थानमा रहेको छ ।

यता २३ खेल खेलेको अमेरिकाले १० जित, १२ हार र १ बराखरी खेल्दै २१ अंकका साथ चौथो स्थानमा रहेको छ । यता ओमानले सबै ३६ खेल खेलेर २१ जित र १३ हार तथा १ बराबरी र १ अनिर्णित खेल खेल्दै ४४ अंकका साथ शीर्ष स्थानमा रहेको छ ।

अमेरिका सिरिजमा नेपालले पहिलो खेलमा ओमानसँग १३ रनले हारेको थियो भने दोस्रो खेलमा घरेलू टोली अमेरिकासँग बराबरी खेल्दै १–१ अंक बाँडेको थियो । यस्तै तेस्रो खेलमा हिजो ओमानलाई ७ विकेटले हराएको थियो । अमेरिका सिरिजको आजको खेल अन्तिम खेल हो ।

यसपछि नेपालको स्कटल्याण्ड र नामिबियासँग स्कटल्याण्डमा जुलाई १० देखि खेल्दैछ ।

नेपालको अन्तिम ११ः
कुशल भुर्तेल, आशिफ शेख, देव खनाल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, मोहम्मद आदिल आलम, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने (कप्तान) र सागर ढकाल ।