काठमाडौँ – आगामी आर्थिक वर्षका लागि सकारले खेलकुद क्षेत्रमा कम बजेट विनियोजन गरेको भन्दै नेकपा एमाले निकट खेलकुद महासंघ (नेकोस)ले आपत्ति जनाएको छ ।


ADVERTISEMENT


मंगलबार नयाँ बानेश्वरस्थित नवनिर्मित कार्यालय भवनमा पत्रकार सम्मेलन गर्दै महासंघले सरकारले आर्थिक वर्ष २०७९/८० का लागि खेलकुद क्षेत्रलाई निराश पार्ने गरी बजेट ल्याएको जनाएको हो । महासंघका अध्यक्ष कृष्ण बस्नेत (पर्शुराम)ले खेलकुद क्षेत्रमा कम बजेट विनियोजन भएकाले नवौँ राष्ट्रिय खेलकुद प्रभावित हुन सक्ने समेत आशंका व्यक्त गरे ।


ADVERTISEMENT

# # #


अघिल्ला वर्षको भन्दा यसवर्ष खेलकुद क्षेत्रमा बजेट घटाएको बताउँदै अध्यक्ष बस्नेतले भने, ‘सरकारले सिंगो खेलकुद क्षेत्रलाई नै निराश बनाउने गरेर बजेट ल्याएको छ । नवौँ राष्ट्रिय खेलकुद घोषणा गर्ने, अनि वार्षिक बजेट घटाउने कुराले नवौँ राष्ट्रिय खेलकुद पनि नहुने र खेलकुद क्षेत्र नै तहसनहस बनाउनेतर्फ सरकार नै लागेको पुष्टि भएको छ ।’

अविलम्ब खेलकुद क्षेत्रको बजेट बढाउनुपर्ने माग गर्दै उनले नेपाल खेलकुद महासंघको स्थायी कमिटीले बजेट घटाएकोमा खेद प्रस्ताव समेत पारित गरेको जानकारी दिए ।

यस्तै महासंघले तीन वटै सरकारले खेलकुद क्षेत्रमा बजेट कम छुट्याएको भन्दै दबाबमूलक ज्ञापनपत्र बुझाउने, सहजीकरण गर्ने गरी दीपेन्द्र दाहालको संयोजकत्वमा १० सदस्यीय खेलकुद विशेष उपसमिति गठन गरेको छ ।

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको छ ।