काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले श्रमिकको हकलाई पूर्ण रुपमा कार्यान्वयन गराउने प्रतिवद्धता जनाएका छन् । आइतबार काठमाडौंमा नेपाल ट्रेड युनियन काँग्रेसको राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै संविधान तथा प्रचलित कानुनमा श्रमिकको हकलाई पूर्ण रुपमा कार्यान्वयन गराउने कुरामा सरकार प्रतिवद्ध रहेको बताएका हुन् ।


ADVERTISEMENT


उहाले श्रमिकको हकलाई मौलिक हकको रुपमा स्थापित गर्दै प्रत्येक मजदुरलाई उचित श्रम अभ्यास र उचित पारिश्रमिक सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकको प्रत्याभूति संविधानले गरेको धारणा राखे ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री देउवाले अहिलेको अवस्थामा कोभिड नियन्त्रणमा आएपनि रुस युक्रेन द्धन्द्धका कारण विश्व अर्थतन्त्र विभिन्न चुनौतीबाट गुज्रिरहेको र यसको प्रभाव सवै क्षेत्रमा देखिएको उल्लेख गरेो । ट्रेड युनियनले राखेका मागहरु सकारात्मक रहेको र बजेटमा समावेश नभएका बिषयलाई सम्बोधन गर्ने उनले बताए ।

त्यस्तै, वैदेशिक रोजगारीमा गएका नागरिकलाई सामाजिक सुरक्षा कोषबाट संचालित सामाजिक सुरक्षा योजनाहरुलाई क्रमशः आवद्ध गर्दै लैजाने उनको भनाई छ ।