काठमाण्डौं-नेपाललाई आफ्ना नागरिकप्रति अवलम्वन गर्दै आएको प्रवेशाज्ञा (भिसा) नीति परिवर्तन गर्न अमेरिकी दूतावासले प्रस्ताव गरेको उल्लेख छ ।


ADVERTISEMENT


दूतावासले पर्यटक, कामदार, विद्यार्थी र सञ्चारकर्मीका लागि दुई मुलुकबीच भिसा पारस्परिकता कायम गरी भिसा शुल्क र अवधिमा एकरुपमा ल्याउन प्रस्तावसहित परराष्ट्र मन्त्रालयमा पत्राचार गरेको छ ।


ADVERTISEMENT

# # #


अमेरिकामा एक वर्षमा १ सय ८० दिन बस्न पाउने प्रावधान छ भने नेपाललमा बढीमा १ सय ५० दिन मात्र पर्यटक बस्न पाउँछन् ।

‘नेपालले अमेरिकी नागरिकलाई भिसा जारी गर्दा थोरै अवधिका लागि गर्ने तर शुल्क भने बढी तिर्नुपरेको भन्दै दूतावासले अवधि र शुल्कमा एकरुपता कायम गर्न प्रस्ताव गरेको हो । ‘आफ्नो प्रस्ताव नेपालले अस्वीकार गरे जनवरी २ देखि नेपालीलाई समेत थोरै समयको भिसा दिने तयारी अमेरिकाले गरेको स्रोतले बताएको छ ।’