काठमाडौँ– नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएनशनले बाग्मति प्रदेश सरकारका लागि घरजग्गाको हकमा विभिन्न सुझावसहित कार्यान्वयनका लागि आग्रह गरेको छ ।


ADVERTISEMENT


एशोसिएशनका अध्यक्ष सीताराम दाहालले बिहिवार बाग्मति प्रदेश प्रमुख यादव शर्मालाई भेटेर प्रदेश सरकारलाई आफ्ना सुझावहरु कार्यान्वयन गराउन सहयोग मागेका हुन् । भेटमा एशोसिएशनका महासचिव कृष्णप्रसाद दाहाल समेत रहेका थिए ।


ADVERTISEMENT

# # #


एशोसिएशनका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्रालयलाई दिइएको चारबुँदे सुझाव र मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई सुझाव कार्यान्वयनका लागि माग गरिएको सहयोग पत्रसमेत प्रदेश प्रमुख शर्मालार्ई बुझाइएको थियो । आर्थिक वर्ष २०७७/ ७८ को आर्थिक ऐन २०७८ बमोजिम लगाइएका घरजग्गासम्बन्धि रजिष्ट्रशन दस्तुर तथा सेवाशुल्कका सम्बन्धमा सुझाव दिइएको एशोसिएशनका अध्यक्ष दाहालले हिमालय पोष्टलाई जानकारी गराए ।

उनले घरजग्गासम्बन्धि जनताका सवालसंग जोडिएका विषयहरुलाई एशोसिएनका तर्फबाट प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै आफुहरुले सुझावसहित कार्यान्वयनका लागि अपिल गरेको बताए ।

अध्यक्ष दाहालका अनुसार, भेटपछि प्रदेश प्रमुख शर्माले एशोसिएशनका मागहरु जायज रहेको बताउँदै प्रदेश सरकारलाई कार्यान्वयका लागि आफ्नो पहल रहने प्रतिबद्वता जनाएका छन् ।

यस्तो छ एशोसिएशनले मन्त्रालयलाई बुझाएको सुझाव पत्र