काठमाडौँ–  सांसद हृदयेश त्रिपाठीले मलको अभावका कारण किसानहरु समस्यामा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।


ADVERTISEMENT


प्रतिनिधिसभाको बिहीबारको बैठकमा विषेष समय लिएर उनले मल उपलव्ध गराउन सरकार असफल भएको र किसानहरु समस्यामा परेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


अहिलेको बजेट निबन्ध मात्रै भएको टिप्पणी गर्दै त्रिपाठीले सरकारले हासिल गर्ने भनेको कृषि उत्पादनको लक्ष्य हासिल गर्न नसक्ने धारणा राखेका छन् । उनले मलको अभाव कायमै रहे यस बर्ष धानको उत्पादन घट्ने उल्लेख गरे । घुमुवा प्रहरीले विचौलिकाको काम गरिरहेको त्रिपाठीको आरोप छ । यस्तै उनले बर्दियामा बाघको आक्रमणबाट जोगिन स्थानीयले गरेको आन्दोलनमा प्रशासनको हस्तक्षेप गलत भएको धारणा समेत व्यक्त गरे ।

सांसद कृष्णबहादुर राईले काठमाडौँ उपत्यकको फोहर व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए । फोहरमैला व्यवस्थापनका लागि प्रधानमन्त्रीका साथै गठबन्धनले पनि गम्भीर हुनुपर्ने उनको भनाई छ । उनले काठमाडौंका मेयर बालेन्द्र साहलाई एमालेले पूर्णरुपले सहयोग गर्ने, तर साहले संयता अपनाएर अगाडि बढ्न जरुरी रहेको धारणा व्यक्त गरे ।

त्यस्तै सांंसद गणेशसिंह ठगुन्नाले दार्चुलामा बुधबार एकल महिलालाई आगो लगाएर मारिएको भन्दै त्यस घटनाका दोषीलाई पक्राउ गरी कारवाही गर्न माग राखेका छन् ।