सफा, मुलायम एवम् चम्किलो छाला आखिर कसलाई मन नपर्ला र ? बाहिरी सौन्दर्यको पहिलो प्राथमिकता समेत मानिने छाला एक पातलो तन्तुबाट निर्मित अंग हो । शरीरमा कभरको रुपमा रहने यसले शरीरको रगतलाई बाहिर बहन नदिई रक्त बहावमा पनि उत्तिकै सघाउ पुर्‍याई रहेको हुन्छ । जसकारण हाम्रो शरीरमा अलिकति मात्रै चोटपटक लागेमा वा छालामा क्षति भएमा हामी दुखाइको महशुस गर्छाै ।


ADVERTISEMENT


यस्तै, छालाले व्यक्तिको भित्री स्वास्थ्यको समेत जनाउ दिने हुँदा यसलाई शरीरको ऐना पनि भनिन्छ । यसरी स्वास्थ्यदेखि सौन्दर्यसम्ममा अहम् भुमिका निर्वाह गर्ने छालालाई हामीले शरीरका अन्य अंगहरुलाई जस्तै उचित स्याहारसुसार गर्नुपर्छ । अन्यथा यसको अभावमा छालामा विभिन्न घाउखटिरा, बिमिरा एवम् एलर्जीहरु देखापर्छन् ।


ADVERTISEMENT

# # #


यतिमात्रै नभई कहिलेकाहिँ छालामा बाहिरी वातावरणको समेत प्रभाव देखापर्छ ।  यसकारण पनि वातावरणको स्थिति अनुरुप छालाको स्याहार गर्ने शैली फरक–फरक रहन्छ । हाल गर्मी एवम् वर्षायाम रहेको सन्दर्भमा भन्नुपर्दा, यसयाममा अधिकांशको छालामा विभिन्न प्रकारका खटिरा तथा बिबिराहरु देखा पर्न सक्छन् ।

हामीले शरीरमा आएका त्यस्ता खटिरा र बिबिराहरुलाई ध्यान नदिंदा यसले हाम्रो शरीरमा दिर्घकालीन रुपमा समेत असर पार्न सक्छन् । तर, कतिपय अवस्थामा हामीले ध्यान दिदादिदैँ पनि छालामा विभिन्न समस्याहरु देखा पर्दछ । उसोभए यस समयमा छालाको स्याहार कसरी गर्ने त ?

वर्षायाममा छालाको स्याहार गर्ने तरिका :

–सरसफाइमा विशेष ध्यान दिने

–बाक्लो तथा टाइट पहिरनबाट टाढै रहने

–राति सुत्नुअघि शरीर पखाल्ने

–शरीरका काँप तथा भित्री अंगहरुमा आएको पसिनाहरुलाई नियमित सफा गर्ने

–सोप फ्रि(साबुन नमिसिएको) क्लिंजरको प्रयोग गर्ने

–अनिवार्य रुपमा सनस्क्रिनको प्रयोग गर्ने

–छालाको प्रकृति अनुरुप क्रिमहरुको प्रयोग गर्ने

–जथाभावी क्रिमहरुको प्रयोग नगर्ने

– प्रशस्त पानी पिउने

– ताजा एवम् पौष्टिक आहारयुक्त खानाको सेवन गर्ने

–र, केहि समस्या देखिएमा अनिवार्य रुपमा सम्बन्धित चिकित्सकको सल्लाह लिने ।