काठमाडौँ– नबिल बैंकले उपत्यकामा रहेको आफ्नो सबै शाखाको शौचालय सार्वजनिक बनाउने निर्णय गरेको छ । बुधबार एक कार्यक्रमको आयोजना गर्दै बैंकले काठमाडौँ महानगरमा रहेका १८ वटै शाखाका शौचालयलाई सार्वजनिक बनाउने घोषणा गरेको हो ।


ADVERTISEMENT


यससम्बन्धमा बैंक र काठमाडौँ महानगरपालिकाबीच सम्झौता समेत भइसकेको छ । सो सम्झौतामा नबिल बैंकका कार्यकारी निर्देशक अनिल केशरी शाह र काठमाडौ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।


ADVERTISEMENT

# # #


सम्झोतामा शौचालयमा काठमाडौँ महानगरपालिका र नबिल बैंकको सहकार्यमा सञ्चालन गरिएको बोर्ड राख्नुपर्ने, सरसफाइको सम्पूर्ण जिम्मा बैंकले लिनुपर्ने, कुनै पनि प्रलोभनमा पारी शुल्क लिन नमिल्ने लगायतका १३ वटा बुँदाहरुउसमावेश गरिएको छ। यसका साथै ५ वर्षसम्म रहने भनिएको उक्त सम्झौतामा बैंकले प्रत्येक ४ महिनामा प्रतिवेदन पेश गर्नुपर्ने उल्लेख छ ।

महानगरको पहिलो बोर्ड बैठकले सार्वजनिक तथा व्यक्तिगत शौचालयलाई सार्वजनिक बनाउने निर्णय गर्दै इच्छुकहरुलाई सम्पर्कमा आउन आग्रह समेत गरेको थियो ।