धरान – विश्व वातावरण दिवशको कार्यक्रम अन्तर्गत आज मिति २०७९ जेष्ठ २३ गते धरान जेसीजका अध्यक्ष प्रतिक श्रेष्ठको संयोजकत्वमा जेसीज सचिवालयमा धरान उपमहानगरपालिकाका वातावरण महाशाखाका प्रमुख भेषराज घिमिरेको उपस्थितिमा धरान उपमहानगरपालिका भित्र रहेका विभिन्न सामाजिक सस्थाहरुकोबीच वृक्षारोपणको विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।


ADVERTISEMENT


उक्त कार्यक्रममा रोटरी क्लब धरानका अध्यक्ष रुपक शाक्य, प्रस्तावित अध्यक्ष राजेन्द्र गुरुङ, रोटरी क्लब अफ धरान घोपाका प्रस्ताबित अध्यक्ष किसन मास्के, सेवक अभियान धरानका अध्यक्ष राजिव हलुवाई , साइक्लिङ धरानका प्रतिनिधि कुन्दन श्रेष्ठ, धरान उपमहानगरपालिकाका प्रहरी निरीक्षक बिष्णु प्रसाद कोइराला , टस्क माउन्टेनका प्रोपाइटर कृष्ण केसी बर्मा तथा धरान जेसीजका पदाधिकारीहरु र अन्य सस्थाका पदाधिकारी एवं सदस्यहरुको समेत उपस्थिति रहेको थियो।


ADVERTISEMENT

# # #


उक्त अन्तरकृयाबाट धरान उपमहानगरपालिकाको अगुवाईमा विभिन्न संघसस्थाको सहकार्यमा मिति २०७९ जेष्ठ २८ गते शनिबार बिहान ७ बजे सर्दु जलाधार क्षेत्रमा विभिन्न जातका बिरुवा रोपी पर्यावरण जोगाउने कुराको निर्णय भएको छ।

साथै आगामी दिनहरुमा समेत बृक्षा रोपण कार्यक्रमहरुलाई निरन्तरता दिने तथा बोटबिरुवाको महत्त्वको बारेमा समुदायमा सचेतना कार्यक्रमहरु गर्ने कुराको छलफल भएको जानकारी धरान जेसीजका अध्यक्ष जेसि प्रतीक श्रेष्ठ ले जानकारी गराए।