झापा – झापा कारागारका कैदीबन्दीलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । जिल्ला समन्वय समितिको पहलमा उनीहरुलाई शैक्षिक सामग्री उपलब्ध गराइएको हो ।


ADVERTISEMENT


उक्त सामग्री जिसस प्रमुख सोमनाथ पोर्तेल, प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, जिल्ला शिक्षा तथा समन्वय एकाइ समितिका प्रमुख राजकुमार विश्वकर्मालगायतले हस्तान्तरण गरे । कैदीबन्दीलाई साक्षर बनाउने उद्देश्यले सो सामग्री हस्तान्तरण गरिएको जिसस प्रमुख पोर्तेलले बताए ।


ADVERTISEMENT

# # #


प्रजिअ रिजालले कैदीबन्दीको बाँकी समय त्यसै खेर फाल्नबाट जोगाउन सामग्री उपलब्ध गराएको बताए । कारागारमा हाल एक हजार ३०० भन्दा बढी कैदीबन्दी छन् । उनीहरुमध्ये झण्डै ४०० जना निरक्षर रहेको बन्दी पुस्कालयका सचिव रमेश पोखरेलले जानकारी दिए ।