काठमाडौँ – प्राइमलाइफ इन्स्योरेन्स कम्पनी १४ वर्ष पूरा गरी १५औँ वर्षमा प्रवेश गरेको छ । जीवन बीमा क्षेत्रमा आफ्नो विशेष पहिचान स्थापित गरेको प्राइम लाइफ वि.सं. २०६५ जेष्ठ २२ गते देखि सञ्चालनमा आएको थियो ।


ADVERTISEMENT


वार्षिकोत्सवको अवसरमा कम्पनीले आगामी दिनहरुमा अझ उत्कृष्ट जीवन बीमा सेवा प्रदान गर्ने हौसला प्राप्त भएको जनाएको छ । भविष्यमा थप बढी उत्तरदायी तथा व्यवसायिक भई जीवन बीमा व्यवसायलाई पारदर्शी बनाएर देश विकासमा योगदान गर्न सक्षम हुने कम्पनीले विश्वास व्यक्त गरेको छ ।


ADVERTISEMENT

# # #


२ अर्ब ७८ करोड चुक्त पूँजी भएको प्राइम लाइफसँग १ खर्ब ७ अर्ब ६३ करोड जीवन बीमा कोष रहेको छ । हाल सम्म आर्जन गरेको कूल बीमाशुल्क २ खर्ब ६ अर्ब ४ करोड र हालसम्म जारी गरेको कूल बीमालेख संख्या १७ लाख ५९ हजार ३४४ रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७२/७३ देखि शेयरधनीहरुलाई लाभांश (बोनश तथा नगद) उपलब्ध गराउन थालेको कम्पनीले आ.व. २०७२/७३ मा २५ प्रतिशत, २०७३/७४ मा १२.५० प्रतिशत, २०७४/७५मा १२.५० प्रतिशत, २०७५/७६ मा १५ प्रतिशत, २०७६/७७ (विशेष साधारण सभाबाट वितरण)मा १२.५० प्रतिशत र २०७६/७७ मा १५ प्रतिशत लाभांस दिएको थियो ।