काठमाडौँ – एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको आईपीओ दोस्रो दिनमा नै ७२ प्रतिशत इकाई खरिदका लागि आवेदन परेको छ ।


ADVERTISEMENT


प्रति इकाई मूल्य १० रुपैयाँ अंकित १० करोड इकाई दोश्रो दिनको साँझ ६ बजेसम्म कुल निष्काशन गरेको इकाईको ७२ प्रतिशतका लागि आवेदन परेको एनआईसी एशिया क्यापिटलले जनाएको छ । जस अनुसार ४० हजार ४३८ आवेदकबाट ७२ करोड भन्दा बढी इकाई खरिदको लागि आवेदन परेको हो ।


ADVERTISEMENT

# # #


जेठ १९ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गरेको उक्त फण्ड क्यापिटलले उक्त फण्डमा जेठ २४ गतेसम्म किन्न सकिने एनआईसी एशिया क्यापिटलले जनाएको छ । म्युचुअल फण्डमा लगानी गर्न चाहाने लागनीकर्ताहरुलाई तोकिएको अवधिभित्र आवेदन दिन समेत क्यापिटलले आग्रह गरेको छ ।

एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रहेको यो ‘एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड’ ७ वर्ष अवधि रहेको चौथो बन्दमुखी योजना हो । योजनामा संकलित अधिकांश रकम धितोपत्रको दोश्रो बजारमा सूचिकृत कम्पनीहरुमा लगानी गरिने छ ।

उक्त योजनाको प्रमुख विषेशता योजनामा संकलित रकम सूचिकृत कम्पनीहरुमा लगानी गर्दा सूचिकृत कम्पनीहरुलाई स्मल क्याप, मिड क्याप तथा लार्ज क्याप गरी तीन समूहमा वर्गीकरण गरी जुन क्याप भित्र रहेका कम्पनीहरुबाट भविष्यमा राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ सोही समूह अन्तर्गतका कम्पनीहरुमा लगानी गरिने क्यापिटलले जनाएको छ । उक्त योजनाको न्यूनतम १०० इकाई र अधिकतम १ करोड इकाईसम्मको लागि खरिद आवेदन दिन सकिन्छ ।

इकाई खरिदको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्वा सेवामा सहभागी सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुको शाखा कार्यालय र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको “मेरो शेयर” फ्टवेयर मार्फत आवेदन दिन सकिने छ ।

उक्त फण्डमा लगानी गर्ने इकाईधनीहरुलाई योजनाको अवधिभरमा १३६ प्रतिशत भन्दा बढी प्रतिफल वितरण गरिने प्रक्षेपण क्यापिटलले गरेको छ । इकाई खरीदका लागि नेपाली नागरिक, गैरआवासीय नेपालीको प्रमाणपत्र (परिचय पत्र) जारी भएका व्यक्ति, प्रचलित कानून बमोजिम दर्ता भएका नेपाली फर्म, संघ संस्था, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, कुनै पनि वर्ग वा समूहले खडा गरेको कोषहरु जस्तै सञ्चय कोष, कल्याणकारी कोष, गुठी, अक्षय कोष आदिले इकाई खरिद गर्न आवेदन दिन सक्नेछन् ।