काठमाडौँ – प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले संगठनको प्राथमिकताका आधारमा नै काम गरेको बताएका छन् ।


ADVERTISEMENT


बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सिंहले प्रहरी प्रमुख फेरिदैमा संगठनको प्राथमिकता नफेरिने भन्दै प्रहरी प्रमुखको प्राथमिकता नै आफ्नो प्राथमिकता भएको बताएका हुन् । अपराध नियन्त्रण गर्ने, वस्तुनिष्ठ अनुसन्धान गर्ने, प्रहरीको मनोबल उच्च गर्ने, प्रहरी समायोजनालाई औचित्यपूर्ण निष्कर्षमा लैजाने, मानवअधिकारको सम्मान गर्दै प्रहरीको सेवा घर घरमा पुराउने प्राथमिकताका साथ संगठन अघि बढिरहेको उनले बताए ।


ADVERTISEMENT

# # #


उनले संगठनको प्राथमिकतालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने बताए । उनले निर्मला पन्त हत्या प्रकरणमा अनुसन्धान गर्नु आफ्नो प्राथमिकता रहेको धारणा राखे । प्रहरीको सरुवा बढुवा राजनीतिक प्रभावमा नहुने भन्दै उहाले उत्कृष्टताको आधारमा मात्रै हुने जिकिर गरे ।

त्यस्तै उनले संयुक्त राष्ट्र संघको शान्ति मिसन बढाउनका लागि पहल गर्ने भन्दै यसका लागि कल्याण महाशाखाका एसएसपीको नेतृत्वमा समिति गठन गरेर पनि काम सुरु गरिसकेको बताए ।