काठमाडौं – नेकपा एमालेका सांसद बिष्णु पौडेलले सरकारले ल्याएको बजेट मतदातालाई प्रभावित पारेर भोट बटुल्न ल्याएको दस्तावेज मात्रै भएको टिप्पणी गरेका छन्।


ADVERTISEMENT


बजेटमाथि छलफलको क्रममा प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले बजेट गठबन्धनको चुनावी घोषणापत्र जस्तो भएको आरोप लगाएका हुन्।


ADVERTISEMENT

# # #


उनले भने, ‘यो बजेट बजेट नभएर सत्ता गठबन्धनको चुनावी घोषणापत्र जस्तो छ। मतदातालाई प्रभावित पारेर भोट बटुल्न ल्याइएको दस्तावेज जस्तो देखिन्छ।’

सस्तो लोकप्रियताको लागि मात्रै बजेट ल्याएको आरोप लगाए। उनले गठबन्धनको सरकार आगामी निर्वाचनसम्म मात्रै भएको दाबी गरे। बजेटले बजेटको मर्ममाथि नै प्रहार गरेको उनको भनाइ छ।