काठमाडौं – युरोपेली संघ (ईयू) का नेताहरूले यस वर्षको अन्त्यसम्म रुसबाट आउने तेलमा करिब ९० प्रतिशत कटौती गर्न सैद्धान्तिक सहमति जनाएका छन्।


ADVERTISEMENT


समाचार एजेन्सी रोयटर्सका अनुसार युक्रेनलाई सहायता उपलब्ध गराउन बेल्जियमको राजधानी ब्रसेल्समा बोलाइएको दुईदिने बैठकको पहिलो दिन सोमबार उक्त निर्णय गरिएको हो।


ADVERTISEMENT

# # #


तीन महिनाअघि रुसले युक्रेनमा गरेको आक्रमणपछि युरोपमा लगाइएका प्रतिबन्धहरू सबैभन्दा कडा मानिन्छ । युरोपेली काउन्सिलका अध्यक्ष चार्ल्स मिसेलले ट्वीट गर्दै भनेका छन्, ‘रूसी तेल निर्यातमा प्रतिबन्ध लगाउने ईयू सम्झौता। यस सम्झौता अनुसार रूसबाट तेल आयात तुरुन्तै दुई तिहाइभन्दा बढी कटौती गरिनेछ। यसले रुसलाई युद्ध अन्त्य गर्न अधिकतम दबाब दिनेछ।’

यो सम्झौतापछि युरोपेली संघले रुसमाथि लगाएको प्रतिबन्धको बाँकी छैटौं प्याकेज पनि लागू हुने कूटनीतिज्ञहरू बताउँछन्। जसमा रुसको सबैभन्दा ठूलो बैंक स्बरलाई स्विफ्ट मेसेजिङ सिस्टमबाट हटाउने निर्णय पनि समावेश छ। रासस