काठमाडौं – सरकारले संदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९-०८० को बजेटमाथि आजदेखि छलफल सुरू हुँदैछ।


ADVERTISEMENT


अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा बजेट प्रस्तुत गरेका थिए। प्रस्तुत बजेट वक्तव्यमाथि छलफल गर्न आज बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद सचिवालयले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिसकेको छ।


ADVERTISEMENT

# # #


सम्भावित कार्यसूचीमा दुई वटा एजेण्डा राखिएको छ। पहिलो एजेण्डामा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९-०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ।

त्यसैगरी दोस्रो एजेण्डामा आर्थिक वर्ष २०७९-०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने संसद सचिवालयका महासचिव डा। भरतराज गौतमले जानकारी दिएका छन् ।

बजेटमाथिको छलफल तीन दिनसम्म चल्ने सभामुख अग्निप्रसाद सापकोटाले आइतबारको दोस्रो बैठकमा जानकारी गराएका थिए। छलफलमा दलीय आधारमा भाग दिन संसदीय दलले एक घण्टा नाम टिपाउन सापकोटाले सूचित गरेका थिए।