काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले आफ्नो पहिलो प्राथमिकता फोहोर व्यवस्थापन रहेको बताएका छन् । सोमबार सपथ ग्रहणपछि पदबहाली गर्दै मेयर साहले फोहार व्यवस्थापन नभएसम्म अन्य ठूला परियोजना नगर्ने बताएका हुन् ।


ADVERTISEMENT


काठमाडौँको फोहोर व्यवस्थतापन हुँदै आएको नुवाकोटको सिसडोलका स्थानीयमा फोहोरका कारण विभिन्न समस्या देखिएको बताउँदै उनले त्यसको समाधान नभएसम्म आफूले खादा–माला समेत नलागाउने बताए ।


ADVERTISEMENT

# # #


उनले भने, ‘अहिले हाम्रो पहिलो प्राथमिकता भनेको फोहार व्यवस्थापन हो । हामीले गरेको पापको भोगी सिसडोलवासी भइरहनु भएको छ । हाम्रो फोहोरले गर्दा उहाँहरु क्यान्सरपीडित हुनुभएको छ । छालाको रोग लागेको छ, त्यत्रो मान्छे मरिराख्नु भएको छ । यो शोक मनाउने बेला हो ।’

उनले थपे, ‘सिसडोलवासीले स्वच्छ वातावरणमा बस्ने, स्वच्छ हावा फेर्ने, स्वच्छ पानी पिउने, उहाँहरु बाँच पाउने अधिकार पूरा नभएसम्म अरु कुराकानी हामीले अहिले नगर्ने कुरा गरेका छौँ ।’

शुक्रबार मेयरमा विजयी भएलगत्तलै उनी सिसडोल पुगेर त्यहाँको अवस्था बुझेका थिए । उनले सिसडोलवासीसँग फोहोरको सही व्यवस्थापन नभएसम्म आफूले खादा–माला नलगाउने समेत प्रतिवद्धता जनाएका थिए ।

सोमबार सपथ ग्रहण गर्दा र पदभार ग्रहण गर्दा समेत खादा–माला लगाएका थिएनन् ।