काठमाडौँ – काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर वालेन्द्र साहले पदभार ग्रहण गरेका छन् । सोमबार सपथ लिएलगत्तै महानगरपालिकाको कार्यालय पुगेर उनले पद बहाली गरेका हुन् ।


ADVERTISEMENT


मेयर साहले पहिलो निर्णय नगर कार्यपालिकाको बैठक प्रत्यक्ष प्रशारण गर्ने निर्णय गरेका छन् । स्वतन्त्र उम्मेदवार बन्दै गर्दा उनले आफ्नो घोषणापत्रमा नगरपरिषद्को बैठक लाइभ गर्ने उल्लेख गरेका थिए । सोही अनुसार पहिलो निर्णय गरेका हुन् ।


ADVERTISEMENT

# # #


नगर कार्यपालिकाको बैठक आज अपरान्ह ४ बजे बस्दैछ । उक्त बैठक लाइभ गर्ने बताइएको छ ।