काठमाडौँ– आइतबार बिहानदेखि सम्पर्कविहिन भनिएको तारा एयरको जहाज दुर्घटना भएको आंशका गरिएको छ । स्थानियले लेते आसपास नौलीकोटमा जहाज दुर्घटना भएको खबर नागरिक उड्ययन प्राधिकरणलाई जानकारी दिएसंगै नेपाली सेनाले उद्वारका लागि टोली परिचालन गरेको छ ।


ADVERTISEMENT


नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले हिमालयपोष्टलाई दिएको जानकारी अनुसार, स्थानियले खबर गरेको भन्दै नागरिक उड्ययन प्राधिकरणले मुस्ताङको लेते आसपास नौलीकोटमा जहाज दुर्घटना भएको जानकारी दिएका आधारमा सेनाले उद्वार टोली परिचालित गरेको हो ।


ADVERTISEMENT

# # #


सोहि अनुसार, स्थलगत पुष्टिका लागि सेनाको पैदली फौज लेते नजिकै पर्ने घाँसापोष्टबाट अघि बढेको छ । टोली घटनास्थल पुग्न बाँकी नै रहेको उनले बताउँदै उनले भने, ‘यता काठमाडौँबाट पनि उद्वार टोली लिएर सेनाको एमआई १७ पोखरा पुगिसकेको र त्यहाँबाट समेत थप उद्वार टोलीसहित घटनास्थलतर्फ जाने क्रममा छ ।’