काठमाडौँ– गत शुक्रवारदेखि बसन्तपुरमा जारी ‘मेन्टल हेल्थ इन ओपन स्पेश’ प्रदर्शनीको आज अन्तिम दिन रहेको छ । मानसिक परामर्शका लागि आवश्यक तालिम वितरक संस्थाहरुद्वारा जारी प्रदर्शनीको आज अन्तिम दिन रहेको कार्यक्रमका आयोजक साम्भाव्य फाउन्डेनशनले जनाएको हो ।


ADVERTISEMENT


खुल्ला स्थानमा मानसिक स्वासथ्यसंग सम्बन्धित आवश्यक एवम् जानकारीका लागि उक्त प्रदर्शनी गरिएको फाउन्डेशनकी रञ्जिता महर्जनले बताइन् । उनका अनुसार, २ बजेदेखि ६ बजेसम्म हुने उक्त तीनदिने प्रदर्शनीमा बालकदेखि वृद्वसम्मका जुनसुकै उमेर समूहलाई आवश्यक पर्ने १० वटाभन्दा बढी  संस्थाहरुले सहभागिता जनाएको छ ।


ADVERTISEMENT

# # #


सम्बन्धित समाचार : बसन्तपुरमा मानसिक परामर्श दिने संस्थाहरुको एक्स्पो शुरु

मेलाई मानसिक स्वास्थ्यसम्बन्धित जनचेतना फैलाउने महिना मानिन्छ । सन् १९४९ देखि नै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा मानसिक समस्यासम्बन्धि विभिन्न कार्यक्रम आयोजना गरेर मानसिक स्वास्थ्यसम्बन्धि आवश्यक जानकारी प्रदान गरिदैँ आएको छ ।