कैलाली–प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले अबको निर्वाचनमा कांग्रेसकै बहुमत आउने दाबी गरेका छन् ।


ADVERTISEMENT


आईतबार कैलालीमा भएको साक्षात्कारमा बोल्दै देउवाले यस्तो दाबी गरेका हुन् । उनले भने,‘अबको निर्वाचनमा हाम्रो पार्टीले बहुमत ल्याउँछ, बामपन्थीहरुलाई जनताले भोट हाल्दैनन्, यो कुरा बुझेहुन्छ । बहुमत आएपछि कांग्रेसकै नेतृत्वमा सरकार बन्छ त्यसको नेतृत्व म नै गर्छु ।’


ADVERTISEMENT

# # #


निर्वाचन सम्पन्न भएपछि मुलुक संविधान कार्यान्वयनको चरण पूरा गरि आर्थिक समृद्धिको यात्रामा अघि बढ्ने भन्दै देउवाले अहिलेको संविधान धेरै राम्रो भएको पनि बताए । उनले संविधानकार्यान्वयनगर्ने कुरा महत्वपूर्ण भएकाले २१ गतेको निर्वाचन सम्पन्न भएपछि मुलुकमा स्थायीरुपमा गण्तन्त्र कार्यान्वयन भएर जाने पनि बताए ।
भोटहालेपछिपनि चुनाव सारेको सपना देख्नेहरु रहेको भन्दै उनले एमाले अध्यक्ष केपीशर्मा ओलीप्रति व्यंग्य गरे । एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले कम्युनिष्ट शासनल्याउनखोजेको उनको आरोप थियो ।

उनले निर्वाचनमा आम मतदाता तथा उम्मेद्धवारहरुलाई सुरक्षा दिन सरकार पूर्ण प्रतिबद्ध रहेको भन्दै सुरक्षाको पूर्ण प्रत्याभुति भइरहेको दावी पनि गरे ।

देउवाले आफ्नो जित सुनिश्चि भैसकेको दाबी पनि गरे । उनले भने,‘अरु जिते माननीय हुने हो, म जिते प्रधानमन्त्री हुन्छु ।’