ललितपुर – उपप्रधानमन्त्री एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई लक्षित गरी स्याङ्गजामा बम प्रहार गरिएको छ । स्याङ्गजाको भीरकोट गाउँपालिका वडा नं ८ ढापुकफेदीमा चुनावी कार्यक्रम सकेर फर्किदै गर्दा अपरान्ह ५ :३० तिर उनको सवारीलाई लक्षित गरी बम प्रहार गरिएको हो ।


ADVERTISEMENT


बम प्रहारबाट मानवीय तथा भौतिक क्षति भने नभएको जनाइएको छ । मन्त्री श्रेष्ठको गाडी र सुरक्षार्थ खटिएको स्कर्टिङ्गको गाडी घट्नास्थल कटेको २० सेकेण्डपछि सो विष्फोट भएको थियो । मन्त्री श्रेष्ठ नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत हुन् ।


ADVERTISEMENT

# # #