काठमाडौँ– काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर)मा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह(वालेन) विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वीलाई २३ हजार ४२ट मतान्तरले हराउँदै वालेनले काठमाडौँमा सनसनीपूर्ण जित निकालेका हुन् ।


ADVERTISEMENT


अन्तिम मत परिणाम अनुसार ३२ वर्षीय वालेनले ६१ हजार ७६७ मत पाएको काठमाडौँ महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचनमा होमिएका वालेनले लौरो चुनाव चिन्ह पाएका थिए ।


ADVERTISEMENT

# # #


यस्तै वालेनका निकटतम प्रतिद्वन्द्वी निकटतम प्रतिद्वन्द्वी पाँच दलीय गठबन्धनका तर्फबाट नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले सिर्जनाले ३८ हजार ३४१ मत पाएककी छन् । यस्तै तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत ल्याएका छन् ।

यस्तै काठमाडौँ उपमहानगरको उपमेयरतर्फ नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल पनि भारी मतान्तरले विजयी भएकी छन् । उनले निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठलाई ४४ हजार ८०६ मतान्तरले हराईन ।

त्यसक्रममा सुनिताले ६८ हजार ६१२ मत प्राप्त गरिन् भने रामेश्वरले २३ हजार ८०६ मत मात्रै ल्याउन सकेन ।