काठमाडौ – राजधानी उपत्यकाको फोहर व्यवस्थापन शुरु गरिएको बन्चरेडाँडा ल्याण्डफिल्ड साइट आजबाट रोकिएको छ । स्थानीय सरकारले प्रहरी प्रशासन प्रयोग गरेर केहीदिनदेखि बन्चरेडाडामा फोहर व्यवस्थापन गर्दै आएको थियो ।


ADVERTISEMENT


स्थानीयले बाटो समयमा बन्नु पर्ने माग राख्दै सो ल्याण्डफिल्ड साईटमा धर्ना दिदैं आएका थिए । स्थानीयको माग सम्वोधन गर्ने तर्फ सरकारले कुनै चासो नदिएपछि आन्दोलनकारीले राजधानीबाट फोहोर बोकेर गएका सवारी साधनलाई बाटोमा नै रोकेका थिए ।


ADVERTISEMENT

# # #


अहिले सो क्षेत्र तनावग्रस्त रहेको स्थानीय प्रत्यक्षदर्शीले न्युज अफ नेपाललाई जानकारी दिएका छन । सरकारले सो क्षेत्रका जनताको माग सम्वोधन गर्नु भन्दा पनि फोहोर लगेर फ्याक्ने रणनीति अख्तियार गरेपछि स्थानीय आन्दोलित भएका हुन ।