सिन्धुली –  मरिण गाउँपालिकाका नव निर्वाचित अध्यक्ष विमर्श मोक्तान (प्रख्यात)ले पदभार ग्रहण गरेका छन् ।


ADVERTISEMENT


मोक्तानले गाउँपालिकाका निवर्तमान अध्यक्ष पानीराज बमजनको उपस्थितिमा पदभार ग्रहण गरेका हुन् ।


ADVERTISEMENT

# # #


पदभार ग्रहण गर्दै अध्यक्ष मोक्तानले गाउँपालिकाकातर्फबाट गर्भवतीलाई अस्पतालसम्म जानको लागि निशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरेका छन् ।

मोक्तान  गाउँपालिका  अध्यक्षमा सत्ता गठबन्धनका तर्फबाट विजयी भएका हुन् । सत्ता गठबन्धनले   गाउँपालिकाको अध्यक्ष माओवादी केन्द्रलाई दिने निर्णय गरेपछि मोक्तानलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको थियो ।

मतदाताको मन जितेका मोक्तान  गाउँपालिकाको  अध्यक्षमा निर्वाचित भएका हुन् ।