काठमाडौँ – पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे संसदमा छलफल गर्न र मूल्य वृद्धि फिर्ता गर्न सरकारसँग माग गर्दैं संघीय संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ ।


ADVERTISEMENT


नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईको प्रस्तावमा मंगलबार उक्त प्रस्ताव प्रतिनिधिसभाको कार्य व्यवस्था शाखामा दर्ता भएको हो । प्रस्तावमा नेकपा एमालेका सांसद यज्ञराज सुनुवार, गढोश कुमार पहाडी रहेका छन् । राप्रपाका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देन र राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलको नाम देखिए पनि उनीहरुले भने प्रस्तावमा हस्ताक्षर गरेका छैनन् ।


ADVERTISEMENT

# # #


प्रस्तावमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता गर्न, इन्धन तथा पेट्रोलियम पदार्थमा भइरहेको चुहावट, कमिशन र अत्याधिक कर न्युनिकरणका लागि भएको प्रयास र त्यससम्बन्धि सम्बन्धित निकायको कार्ययोजना सार्वजनिक समेत गर्नुपर्ने लगायतका माग गरिएको छ ।

एमाले प्रमुख सचेतक विशाल भट्टराईले भनेका छन्, ‘जनताको ढाड सेक्नेगरी प्रचलित नियम, कानून, निर्देशिका विपरित अनेकन् विकल्प हुँदाहुदै पनि बदनियतपूर्वक गरिएको मुल्यवृद्धिको बिविषयमा प्रतिनिधिसभामा व्यापक छलफल गर्नेगरी यो प्रस्ताव दर्ता गरिएको हो ।’