काठमाडौं –काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहहले फराकिलो अग्रता बनाएका छन्। सोमबार बिहान १०ः१५ बजेसम्मको मतगणना अनुसार साहले ४५ हजार ६१३ मत पाएका छन्।


ADVERTISEMENT


यस्तै सत्ता गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंह दोस्रो स्थानमै अडिग देखिएकी छन् । हालसम्ममा उनले २७ हजार १८३ मत पाएकी छन्। त्यस्तै यसअघि दोस्रो स्थानमा रहेका एमाले उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा रहेका स्थापित २६ हजार ३०९ सहित तेस्रो स्थानमा झरेका छन् ।


ADVERTISEMENT

# # #


एक लाख ३२ हजार ४८२ मत गणना गर्दा उनीहरूले सो मत प्राप्त गरेका हुन् । यस्तै, महानगरको अब ३१ प्रतिशतमात्रै गणना हुन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ ।