काठमाडौं – नेपालका उद्योगपति दुर्गा प्रसाईंले संयुक्त अरब इमिरेट्सका अधिराजकुमार मोहम्मद बिन जुमा अल मकतुमसँग भेटवार्ता गरेका छन् ।


ADVERTISEMENT


झापामा रहेको बि एण्ड सि मेडिकल कलेज तथा पुर्वान्चल क्यान्सर अस्पतालका संचालकसमेत रहेका प्रसाईंले अधिराजकुमार अल मकतुमसँग संयुक्त अरव इमिरेट्सको दुवईमा भ्रमणका क्रममा भेटवार्ता गरेका हुन् ।


ADVERTISEMENT

# # #


नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता समेत रहेका प्रसाईं यतिबेला दुवई भ्रमणमा छन् । उनले नेपालमा शिक्षा र स्वास्थ्यका विषयमा काम गर्ने महत्वाकांक्षी योजनाहरु बनाएका छन् ।

यसै सन्दर्भमा अधिराजकुमार अल मकतुमसँग शिक्षा र स्वास्थ्यका क्षेत्रमा के कस्तो सहकार्य गर्न सकिन्छ भन्ने बिषयमा महत्वपूर्ण बिचारहरु आदान प्रदान भएको उनका सहयोगी प्रमिश गिरी र निराजन प्रसाई‌ंले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् ।