दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेले अग्रता यथावत राखेको छ। शनिबार बिहान १० बजेसम्म २७ हजार ८३ मत गनिसक्दा एमालेका टीकाराम खड्काले ११ हजार २५६ मतसहित अग्रता बनाइरहेका छन्।


ADVERTISEMENT


उनलाई पछ्याइरहेका पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका गेहेन्द्र गिरीले ११ हजार ७३ मत ल्याएका छन्। यहाँ एमाले र गठबन्धनबीच १८३ मतको अन्तर छ। त्यसैगरी उपमेयरमा नेकपा एमालेकी स्यानी चौधरीले १० हजार ५४२ मतसहित अग्रता बनाइरहेका छन्।


ADVERTISEMENT

# # #


उपमेयरमा गठबन्धनबाट एकीकृत समाजवादीबाट जोगबहादुर रानाले ८ हजार ५२६ सहित पछ्याइरहेका छन्। यहाँ दुई जनाबीच २ हजार १६ मतको अन्तर छ।