अछाम – सुदूरपश्चिमबाट नगर प्रमुखमा पहिलो महिला निर्वाचित भएकी छन् । अछामको पञ्चदेवल विनायक नगरपालिकामा नेपाली कांग्रेसले मेयर र उपमेयर दुवैमा बाजी मारेको छ।


ADVERTISEMENT


निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको नगरको अन्तिम परिणामअनुसार मेयरमा कांग्रेसकी अम्बिका कुमारी चलाउने विजयी भएकी छन्। उनले ३ हजार ६५३ मत ल्याइन्।


ADVERTISEMENT

# # #


चलाउने सुदूरपश्चिममा यसपटकको स्थानीय तह निर्वाचनमा मेयर निर्वाचित हुने पहिलो महिला हुन्।

विसं २०७४ सालको स्थानीय तह निर्वाचनमा डोटीको दिपायल सिलगढी नगरपालिकाको मेयरमा मञ्जु मलासी र डडेल्धुराको भागेश्वर गाउँपालिकाको प्रमुखमा कौशिला भट्ट विजयी भएकी थिइन्।

उनी यसअघि पञ्चदेवल विनायक नगरपालिकाकी उपमेयर थिइन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका रामबहादुर विकले ३ हजार १७२ मत प्राप्त गरे।

यस्तै, एमालेका नन्दबहादुर कडायतले २ हजार ६९७ र एकीकृत समाजवादीका योगेन्द्र बहादुर बिष्टले ६९२ मत ल्याए। उपमेयरमा पनि कांग्रेसकै हर्कबहादुर रावल ४ हजार १८८ मतसहित निर्वाचित भए।

उनका प्रतिस्पर्धी माओवादीकी रीता रावलले २ हजार ६१८, एमालेका राजु सञ्ज्यालले २ हजार ३०२ र एकीकृत समाजवादीकी कृष्णा कुमारी जैसीले ८७८ मत हासिल गरिन्।