सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिकामा सत्ता गठबन्धनका तर्फबाट मेयर उम्मेदवार बनेका नेपाली कांग्रेसका हेमकर्ण पौडेलले ४ हजार बढीको अग्रता कायम राखेका छन्।


ADVERTISEMENT


६३ हजार १ सय ५९ मत गणना हुँदा पौडेलले २८ हजार ३ सय ६८ मत पाएका छन्। एमालेका उम्मेदवार यामकुमार सुब्बाले २४ हजार २ सय ५२ मत ल्याएका छन्।


ADVERTISEMENT

# # #


उपमेयरमा भने एमालेकी संगीता चौधरीले १२ हजार मतको अग्रता लिएकी छन्। चौधरीले २७ हजार ८ सय २८ मत पाएकी छन् भने गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका केशवकुमार बिष्टले १५ हजार ८ सय ७१ मत ल्याएका छन्।

अहिलेसम्म इटहरीका १५ वडाको मतगणना सकिएको छ भने वडा नम्बर ८,९, १०, ११ र १३ को मतगणना जारी छ।

अहिलेसम्म मतपरिणाम आएकामध्ये १, ६,१४ र २० बाहेक सबै वडामा एमालेले अध्यक्ष जितेको छ।