काठमाडौँ– एनआईबीएल एस क्यापिटलद्वारा बिर्तामोडमा ‘अन्तर्क्रिया तथा लगानीकर्ता सचेतनामुलक कार्यक्रम’ सम्पन्न भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको क्यापिटलले शुक्रवार सो कार्यक्रमको आयोजना गरेको हो ।


ADVERTISEMENT


कार्यक्रममा क्यापिटलका नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना तथाकम्पनीका अन्य पदाधिकारीहरुले स्थानिय लगानीकर्ताहरुका विभिन्न जिज्ञासाहरुको सम्बोधन गर्नुका साथै समस्त
धितोपत्र बजारको विभिन्न आयामहरुको बारेमा समेत छलफल गरेका छन् । सो कार्यक्रममा लगानीकर्ताहरुको उत्साहजनक उपस्थिती देखिएको थियो ।


ADVERTISEMENT

# # #


कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस अघि पनि विभिन्न प्रदेशमा अन्र्तक्रिया तथा लगानीकर्ता सचेतनामुलक कार्यक्रम सफलतापुर्वक सम्पन्न गरिसकेको छ । आगामी दिनमा अन्य प्रदेशहरुमा पनि यस्तैकार्यक्रम संचालन गरिने क्यापिटलले जनाएको छ ।