काठमाडौँ — सरकारले नेपाल प्रहरी नायव महानिरीक्षक (डीआईजी) वसन्त लामालाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ ।


ADVERTISEMENT


शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले लामालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । गृहसचिवको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिले वैशाख २३ गते लामालाई एआईसीमा बढुवा गर्न सिफारिस गरेको थियो ।


ADVERTISEMENT

# # #


उनी जेठ ८ बाट अवाकाश पाउने लामालाई प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले आजै दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

यस्तै मन्त्रिपरिषद्को शुक्रबारकै बैठकले सशस्त्र प्रहरीको एआईजीमा डीआईजी नारायणदत्त पौडेललाई बढुवा गर्ने निर्णय गरेको छ । सशस्त्र प्रहरीमा हाल एआईजीमा दुई पद दरबन्दी रहेका छन् । तर, सरकारले पौडेललाई मात्रै बढुवा गरेको हो ।

यसँगै वर्तमान सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालपछि पौडेलको सशस्त्र प्रहरीको आगामी नेतृत्व गर्ने ढोका समेत खुलेको छ ।