काठमाडौँ – बाराको जितपुर सिमरा उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्रका राजन पौडेल विजयी भएका छन् । पाँच दलीय सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका पौडेल निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी सरस्वतीदेवी चौधरीलाई ९६४ मतान्तरले हराएका हुन् र


ADVERTISEMENT


पौडेलले १८ हजार ७४३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनकी निकटतम प्रतिद्वन्द्वी चौधरीले १७ हजार ७७९ मत प्राप्त गरिन् ।


ADVERTISEMENT

# # #


यस्तै उपमेयरतर्फ भने नेकपा एमाले विजयी भएका छ । उपमेयरमा एमालेका भोलाप्रसाद अधिकारीले गठबन्धनका तर्फबाट काँग्रेसकी उम्मेदवार मेघा शाहीलाई १ हजार ६५० मतान्तरले हराएका हुन् ।

त्यसक्रममा अधिकारीले १७ हजार ४९२ मत प्राप्त गरे । उनकी निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी शाहीले १५ हजार ८४२ ल्याइन् ।