काठमाडौँ– हालै सार्वजनिक भएको बलात्कार घटनामा संग्लनलाई कारवाही र पीडितलाई न्याय दिनुपर्ने भन्दै युवाहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।


ADVERTISEMENT


पीडितले नाम नै तोकेर घटनाका बारेमा सामाजिक सञ्जालबाट जानकारी दिएको भन्दै उनीहरुले दोषीमाथि कारवाहीको माग राखी शुक्रवार बालुवाटारस्थित प्रधानमन्त्री निवास बाहिर प्रदर्शन गरेका हुन् ।


ADVERTISEMENT

# # #


प्रदर्शनका क्रममा उनीहरुले बलात्कार र अन्य यौनजन्य हिंसासम्बन्धी कानुनमा हदम्यादको व्यवस्थाको संशोधन गर्न समेत माग गरेका छन् । यस्तै, प्रदर्शनकारीले दोषीलाई कारवाही गर्नुपर्ने भन्दै ‘पुँजीवादी पितृसत्ता मुर्दावाद’ लगायतका नारा लगाएका छन् ।  घटनाको छानविन गरि दोषीलाई कारवाही गरिनुपर्ने उनीहरुको माग छ ।

सम्बन्धित समाचार : सामाजिक सञ्जालमा एक युवतीको ८ वर्षपछिको चित्कार : सौन्दर्य प्रतियोगिताका क्रममा ममाथि यौन हिंसा भयो

बुधवार एक युवतीले सामाजिक सञ्जालमार्फत आफुमाथि भएको यौनशोषण घटना सार्वजनिक गरेकी थिइन् । भिडियोको माध्यमबाट उनले करिब ८ वर्षअघि  २०७१ सालमा भएको ‘मिस ग्लोबल इन्टरनेशनल’ नामक ब्युटी प्याजेन्ट (सुन्दरी प्रतियोगिता) का क्रममा आफूमाथि भएको बलात्कारको बारेमा खुलाएकी छन् ।

तर, नेपालको कानुन बमोजिम भने बलात्कार भएको एक वर्षको अवधिभित्रै पिडितले अभियुक्तविरुद्व केश दर्ता गर्नुपर्ने अन्यथा सो उजुरी दर्ता नहुने प्रावधान छ ।

प्रधानमन्त्री निवासअगाडि युवाद्वारा गरिएका प्रर्दशन तस्बिरमा हेर्नुहोस् :