काठमाडौँ – मतगणनाको अन्तिम मत परिणाम घोषणा भएका काठमाडौंका स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको शपथ ग्रहण भएको छ ।


ADVERTISEMENT


शुक्रबार काठमाडौंका मुख्य निर्वाचन अधिकृतले दक्षिणकाली नगरपालिका, किर्तिपुर नगरपालिका, शंखरापुर नगरपालिका, गोकर्णेश्वर नगरपालिका, चन्द्रागिरी नगरपालीका लगाएतका स्थानीत तहका जनप्रतिनिधिलाई सपथ गराएका हुन् । निर्वाचित जनप्रतिनिधिमध्ये गाउँपालिकाको अध्यक्ष, नगरपालिकाको प्रमुखले कार्यभार सम्हाल्नुअगावै निर्वाचित भएको सात दिनभित्र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले तोकेको ढाँचामा सम्बन्धित जिल्ला न्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ ।


ADVERTISEMENT

# # #


नयाँ निर्वाचनसँगै कार्यपालिकाका पदाधिकारीको पनि कार्यकाल स्वतः समाप्त भएको छ । सपथपछि चन्द्रागिरी नगरपालिकाका नवनिर्वाचित प्रमुख घनश्याम गिरीले उत्पादन रोजगार मार्फत नगरलाई बिकासको बाटोमा अघि बढाउने बताए ।

नयाँ कार्यकालका लागि भएको स्थानीय तह सदस्य निर्वाचन २०७९ को नतिजा केही स्थानमा आउन बाँकी छ । देशभर ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २ सय ७६ नगरपालिका, ४ सय ६० गाउँपालिका र ६ हजार ७ सय ४३ वडा रहेका छन् ।