दाङ– जिल्लाका दशमध्ये पाँच पालिकामा कांग्रेस र तीनमा नेकपा (माओवादी केन्द्र) विजयी भएका छन् । दुई उपमहानगरपालिकाको नतिजा भने आउन बाँकी छ ।


ADVERTISEMENT


नेपाली कांग्रेसबाट लमही नगरपालिकाको प्रमुखमा जोगराज चौधरीले नौ हजार ३१७ र उपप्रमुखमा कांग्रेसकै लक्ष्मी योगीले आठ हजार ७३७ मत ल्याएर विजयी भएका छन् ।


ADVERTISEMENT

# # #


त्यसैगरी बबई गाउँपालिकाको अध्यक्षमा कांग्रेसका कुलबहादुर खत्रीले छ हजार ६१५ र उपाध्यक्षमा कांग्रेसकै बमकुमारी खड्काले पाँच हजार ४७९ मत ल्याएर विजयी भएका छन् । त्यस्तै शान्तिनगर गाउँपालिकाको अध्यक्षमा कांग्रेसकै प्रमोद बस्नेतले पाँच हजार ७१६ र उपाध्यक्षमा कांग्रेसकै प्रेमाकुमारी बुढाथोकीले पाँच हजार ७५० मत ल्याएर विजयी भएका छन् ।

यसैगरी दङ्गीशरण गाउँपालिकाको अध्यक्षमा कांग्रेसका शम्भु गिरीले पाँच हजार ४६७ मत ल्याएर विजय भएका छन्, भने उपाध्यक्षमा सोही पार्टीका पिमा वली खड्का पाँच हजार ४७९ मत ल्याएर विजय भइन् । त्यस्तै राजपुर गाउँपालिकाको अध्यक्षमा कांग्रेसका शरद बुढाथोकीले तीन हजार ९८० र उपाध्यक्षमा सोही पार्टीका धनपतीदेवी यादवले तीन हजार ८३६ मत ल्याएर विजयी भएकी छन् ।

त्यस्तै गढवा गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का यमनारायण शर्मा (विश्वास)ले ६ हजार ९०९ र उपाध्यक्षमा नेपाली कांग्रेसका शारदाकुमारी चौधरीले पाँच हजार ८८१ मत ल्याएर विजयी भएको प्रदेश निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ ।

बङ्गलाचुली गाउँपालिकामा माओवादी केन्द्रका सुवास पुनले पाँच ७४१ र उपाध्यक्षमा कांग्रेसका भक्तबहादुर जीसीले पाँच हजार ९४५ मत ल्याएर विजय भएका छन् । त्यस्तै राप्ती गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका प्रकाश विष्टले छ हजार ८९८ र उपाध्यक्षमा नेकपा एमालेका कमलापती चौधरीले छ हजार ६७४ मत ल्याएर विजयी भएी छन् ।

घोराही र तुलसीपुर उपमहानगरपालिकाको मतगनणा भने जारी छ । रासस