वालिङ– कालीगण्डकी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवैतर्फ एमालेकोविजयी भएको छ । पालिकामा एमाले उम्मेदवारहरु खिमबहादुर थापा अध्यक्षमा र सावित्रा कोइराला उपाध्यक्षमा विजयी भएका हुन् ।


ADVERTISEMENT


थापाले नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएकी माया रानालाई १ हजार ६ सय ४५ मतको अन्तरले पछि पार्दै विजय हासिल गरेका हुन् । उनले कुल ६ हजार ७ सय मत प्राप्त गरेका छन्, भने उनका निकटतम् प्रतिद्वन्दी रानाले ५ हजार ५५ मत ल्याएकी थिइन् ।


ADVERTISEMENT

# # #


त्यस्तै, गाउँपालिका उपाध्यक्षमा निर्वाचित कोइरालाले गठबन्धनका बोम बहादुर लामिछानेलाई १३ सय ९३ मतको फराकिलो मतान्तरले पछाडि पार्दै विजयी भएकी हुन् । उनले कुल ६ हजार २ सय २३ मत प्राप्त गर्दा उनका निकतम् प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार लामिछानेले ४ हजार ८ सय ३० मत प्राप्त गरेका थिए ।

कालीगण्डकी गाउँपालिकामा एमालेले वडा नम्बर १,३ र ६ गरि तीन ओटा वडामा विजयी हासिल गरेको छ भने गठबन्धनले २,४,५ र ७ गरी चार ओटा वडामा विजयी हासिल गरेको छ । १७ हजार ९ सय ३८ मतदाता रहेकोमा १२ हजार २ सय ७१ मतदाताले मतदान गरेका थिए । गाउँपालिका अध्यक्ष थापा र उपाध्यक्ष कोइराला पुन सोही पदमा दोहोरिएका हुन् ।