भैरहवा – रुपन्देहीको कंचन गाँउपालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ ।


ADVERTISEMENT


अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार नवराज ढकाल ९ हजार ८५ मत प्राप्त गरि अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दिनानाथ आचार्यले ७ हजार ८ सय ४५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #


उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका मौसमी थापा विजयी भएकी छन् । थापा मगर ९ हजार १ सय ९४ मत ल्याइ विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी ओमकली रहाडीले ७ हजार ६ सय ९९ मत प्राप्त गरेकी छन् ।

कंचन गाउपालिकामा २८ हजार ९ सय ७८ मतदाता रहेकोमा २० हजार २ सय ४२ जनाले मतादान गरेका थिए ।